१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू

५ बैशाख २०८१, बुधबार ०३:०७

बैशाख ५, मुम्बई | क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । 

दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो। यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् । अभियुक्तका परिवारका अनुसार विक्की र सागर मुम्बई गएको थाहा थिएन । उनले सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाए पछि अचम्मित भएका थिए ।


भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन्। दुवै अभियुक्तको गाउँमा त्यस्तो आपराधिक छवि छैन। उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन । त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन् ।

विक्कीकी आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए, उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए । तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी उनीहरूलाई थिएन, सुनिता देवीले भनिन् ।

‘होलीको दुई दिनपछि काममा गएको बताएको थियो तर तर कहाँ गएको थाहा छैन। समाचारमा हेरेपछि मात्रै थाहा भयो,’ उनले भनिन । उनका अनुसार एक छोरा र एक छोरीका बाउ हुन बिक्की ।

उता, सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए तर  सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताए ।

‘लुधियानामा काम गर्थ्यो। थाहा छैन त्यहाँबाट कसरी गयो ? मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे,’ उनले भने ।  प्रहरीले उनका भाइ राहुललाई पक्राउ गरी सोधपुछका लागि लगेको छ । ‘उनी निकै साधारण केटा थिए, हामी मजदुर हौं, ज्याला तिरेर खान्छौं,’ उनले भने ।

यस घटनामा प्रहरीले गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनलाई सोधपुछ पछि रिहा गरिएको थियो । अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो । गोली हानेर मोटरसाइकलमा सवार दुईजना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी