सल्यानकाे बागचौरमा बस दुर्घटना, १४ यात्रु घाइते

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौं । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए। 


उनका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ। घोराहीबाट रुकुम जाँदै गरेको रा.१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!