रामनवमीमा निकालिएको र्‍यालीमा दुई समुदायबीच झडप, भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौँ । रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ ।

हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो ।


दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रण लिन अश्रु ग्याससमेत प्रयोग गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!