दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न मोहन चन्द बैतडी कार्तिक ७ जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न मोहन चन्द बैतडी कार्तिक ७ जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खानोपानी सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम सम्पन्न

७ कार्तिक २०७३, आईतवार १४:०९

दिनेश परियार, कात्र्तिक ७ बैतडी ।
जिल्ला शिक्षा अधिकारी लाल सिंह टेरको अध्यक्षता र विद्यालय निरिक्षक शंकर दत्त भट्ट को प्रमुख आतिथ्यतामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता विषयक छलफल कार्यक्रम बैतडीमा सम्पन्न भएको छ ।

विकास तथा प्रकोप ब्यबस्थापन केन्द्रले विगत ७ महिना देखि बैतडीका ३६ वटा गाविसमा काम गर्दै आएको र उक्त अवधि भित्र भएका उपलब्धीहरुको वारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र सि डी एम नेपालको प्राबिधिक सहयोगमा बैतडीका दिवा खाजा कार्यक्रम सञ्चालन भएका १ सय ९९ वटा बिद्यालयहरुमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छलफलमा बताईएको छ ।

प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेर समितिका सदस्यहरुलाई ब्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व र फोहोरको उचित ब्यवस्थापन बारे जानाकारी गराईएको थियो ।

खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति संगै बाल क्लबहरु पनि गठन गरिएको छ । बाल कलबहरुले बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाई तथा कहिले, किन, कसरी र के को प्रयोग गरेर हात धुनु पर्दछ भन्ने बारेमा १ सय ९९ वटा प्राथमिक बिद्यालयहरुमा जानाकारी गराईएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रमका जिल्ला अधिकृत सुरेन्द्र जैरुले जानकारी दिनु भयो ।

स्वच्छता समन्वय समिति र बाल क्लब गठन गरिएपछी शिक्षक, बिद्यार्थी र अभिभाबकहरुमा सकारात्मक परिवर्तन भएको बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अधिकृत जैरु जानकारी दिनु भयो ।

छलफलका सहभागी हरुले खानेपानी कार्यालयल, युनीसेफ लगाएतका अरु सस्थाहरुले पनी हात धुने लगाएतका सरसफाई सम्वनधी कार्यक्रम मात्रै सञ्चालन गर्ने हुदा अव फरक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयोको थियो ।

कार्यक्रमको समापन गर्दै जिल्ला शिक्षा अधिकारी टेरले सरसफाई गर्नको लागी पानीको आवस्यकता पर्ने हुदा प्रत्येक विद्यालयमा पानीको सुविधा भए पछी यो कार्यक्रम प्रभकारी हुने वताउनु भयो । यसको लागी जिल्ला शिक्षा कार्यालय ले जिल्ला खाने पानी डिभिजन कार्यालय संग सहकार्य गर्ने समेत वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता