भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

Posted on: 21 Apr, 2024

बैशाख ९, भक्तपुर | भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । 

चाँगुनारायण नगरपालिका-४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । 

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!