१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनकपुरमा एक होटेलभित्र महिला र पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

११ बैशाख २०८१, मंगलवार १०:१६

बैशाख ११, जनकपुरधाम | जनकपुरधामको रामानन्द चोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा एक महिला र एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरीका अनुसार महिला विवाहित हुन् भने युवक अविवाहित ।

मृतक लोहारपट्टी नगरपालिका-४ महोत्तरीकी २५ वर्षीया प्रियंका कापर र पिपरा गाउँपालिका-३ महोत्तरी ३१ वर्षीय हितेन्द्र पासवान झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रियंकाको माइत पीपरा नै रहेको प्रहरीले जनाएको छ | 

प्रहरीका अनुसार  ती महिला छोरीलाई लिएर युवकसँग ३-४ दिनदेखि होटलमा बसिरहेकी थिइन् ।

मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजनाको शव झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । कोठाभित्र महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा उनिहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट