कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरेलु हिंसाको सिकार बनेकी महिलाको विजोग

२०७३, ८ कार्तिक सोमबार ०६:५४

कात्तिक ८, भीमदत्तनगर । एघार वर्षअघि कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–४ का भीमबहादुर सिंहले माइली छोरी बृहस्पतिको कैलालीको चुहा नगरपालिकास्थित बचैलाका श्याम शाहीसंग परम्परागत विवाह गराउनुभयो । 

नयाँ जीवन श्रीमान् शाहीसंग बिताउन माइतीघरबाट बिदा हुनुभएकी बृहस्पति बिहेको पाँच महिनामै श्रीमान्को कुटाइबाट मानसिक असन्तुलन बन्नुभयो ।

दैनिक मादक पदार्थ सेवन गर्ने श्रीमान्को निर्घात कुटाइबाट मानसिक रोगको सिकार बन्नुभएकी उहाँ न्याय नपाउँदा एक दशकदेखि माइतीको आश्रयमा दिन कटाउन बाध्य हुनुहुन्छ । 

गर्भवती अवस्थामै श्रीमान्को पटक पटकको कुटाइबाट अर्धचेत अवस्थामा माइती घर पु¥याइनुभएकी बृहस्पतिको उपचारमा हालसम्म रु पाँच लाख खर्च भइसकेको बुवा भीमबहादुर बताउनुहन्छ । “आशीर्वाद दिएर छोरी अन्माएँ, मानसिक अवस्था गुमाएको अवस्थामा ल्याइदियो ।” उहाँ भन्नुहुन्छ– “त्योबेला माइती नेपाललगायतका न्याय दिलाउने सङ्घसंस्थासित गुहार गर्दा पनि कुनै पहल भएन ।” 

करिव आठ वर्ष पूर्णरुपमा मानसिक अवस्था गुमाएकी छोरीको माइती पक्षले भारतको दिल्लीदेखि काठमाडौँका अस्पतालसम्म पु¥याएर उपचार गरेपछि केही सुधार आएको छ । “उनीहरुले अहिलेसम्म न छोरीको कुनै वास्ता गरेका छन्, न न्याय, नत अंश दिन नै सहमति गर्छन् ।” रासससंगको कुराकानीमा भीमबहादुर गुनासो गर्नुहुन्छ– “कुरो गर्न जाँदा उल्टै दुव्र्यवहार गर्छन् ।” 

बृहस्पतिलाई मरणासन्न हुने गरी कुटेर माइतीघर लखेटेका श्रीमान् कान्छी श्रीमती भित्र्याएर भारतको मुम्बैमा बसोबास गर्दै आएका छन् । मादक पदार्थको लत लागेका उनले दैनिकजसो घरेलु हिंसा गर्न थालेपछि बृहस्पतिलाई छिमेकीको सहरामा माइत ल्याइएको थियो । 

“त्यसबखत माइतीआउँदा उनको टाउकोमा एउटा कपालसम्म थिएन ।” बुवा भीमबहादुर भन्नुहुन्छ– “मारेर गाड्नलाई घर छेउमा खाल्डोसमेत खनेका थिए रे ।” 

“अहिले त मेरो छोरो नै ११ वर्षको भइसकेछ ।” हाल उपचारमा रहनुभएकी बृहस्पतिको भनाइ छ – “छोरोलाई समेत बाल्यावस्थामै मबाट छुटाएर लगेका छन् ।” 

“छोरो एघार वर्ष भइसक्दा पनि न्यायका लागि पहल गरिदिने कोही भएन ।” उहाँको चिन्ता छ – “घर जाउँ, श्रीमान्को कुटाइ, के गरौँ, गरौँ अब ।” 

छोरीको उपचारमा दैनिक खर्चले माइती पक्ष समस्यामा परेका छन् । अहिले पनि उहाँको मानसिक अवस्था ठीक नहुँदा समस्या भइरहेको माइती पक्षको भनाइ छ । 

“धेरै समय त असन्तुलित भएकी छोरीलाई आम्लोमा बाँधेर पनि राख्ने अवस्था पनि आयो ।” बुबा भीमबहादुर भन्नुहुन्छ – “आश मारिसकेको थिएँ, अहिले निरन्तरको उपचारले केही सन्चो भएको छ, ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल