कतारलाई हात्ती उपहार दिने तयारीप्रति बालेनको असन्तुष्टि

Posted on: 25 Apr, 2024

बैशाख १३, काठमाडौँ । नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । 

कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो । यद्यपि, विभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती लगिसकिएको छैन । 

फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’

बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!