मकवानपुरमा एकै दिन तीन जनाको मृत्यु

Posted on: 25 Apr, 2024

बैशाख १३, मकवानपुर । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षका प्रदीप बाइवाको मृत्यु भएको छ ।

मकवानपुरमै आज खोलामा डुबेर अर्का युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ७ का स्थानीय ३३ वर्षका रमेश थापाको नुहाउने क्रममा मनहरि खोलामा डुबेर मृत्यु भएको हो ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षीय इमान्सिङ्ग थिङको बाटोमा लडेर उपचारको क्रममा आज मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!