2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक महिने मकर मेला सम्पन्न

माघ २९, हेटौंडा । हेटौँडाको कुश्माण्ड सरोबर त्रिबेणी धाममा लागिरहेको एक
महिने मकर मेलाको आज समापन भएको छ । माघ १ गतेदेखि महिनाभर लागेको मकर मेलाको आज एक विशेष कार्यक्रमसहित
समापन गरिएको हो ।

हेटौँडा उपमहानगर पालिकाका कार्यकारि प्रमुख
सुदेव कुमार पोखरेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको
कार्यक्रममा नेकपा एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल, राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर
सिंह, विश्व हिन्दु महासंघ मकवानपुरका अध्यक्ष रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । आज
तिलार्चन सहित एकमहिने श्रीमद्भागवत गर्ग संहिता मास पारायणको समापन गरिएको हो ।

एक महिनासम्म पण्डित मुरारीप्रसाद चालिसेले कथा वाचन गर्नुभएको थियो । आज करिब ९० जना
भन्दा बढी बटुकको ब्रतबन्ध गरिएको समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिनुभयो । एक महिने
मकर मेला तथा श्रीमद्भागवत गर्गसंहिता श्रवण र एकसय ८ गौमुखी धारामा स्नान गर्नका दर्शनार्थीहरुको आउने
क्रम बिगतका तुलनामा बढिरहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस वर्ष बारा,पर्सा, नवलपरासी,चितवन, गोरखा काठमाण्डौँ,
भक्तपुर,सिन्धुपाल्चोक लगायतका जिल्लाबाट दर्शनका लागि आएको उहाँले बताउन्भयो । यस वर्षको एक महिने
मेलामा विभिन्न स्थानबाट आएका भक्तजनहरुले स्वेच्छाले दिएको भेटीबाट मेलाको खर्च व्यवस्थापन गरिएको
समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

स्वतस्फुर्त
रुपमा भक्तजनहरुले दिएको सामान्य भेटीबाट करिब ५ लाख संकलन भएको पनि उहाँले बताउनुभयो । एक महिनासम्मको
भागवत सफलतापूर्बक सम्पन्न भएको न्यौपानेले बताउन्ुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल