कात्तिक ८, रोल्पा । गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, रोल्पा । गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका आइतरामले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविकोपार्जन गर्दै

२०७३, ८ कार्तिक सोमबार ११:२१


कात्तिक ८, रोल्पा । गजुल–३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आउनुभएको छ । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिनुहुन्छ । 

यसरी ढुङ्गा कुटेर उहाँकोे आठजनाको परिवारले जीविका चलाउँदै आएको छ । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाउनुभएका सुनारका दुई छोरा गरिबीका कारण पढाइ छोडेर भारतमा जागिरका लागि भौँतारिइरहेका छन् भने कक्षा ७ मा अनुत्तीर्ण भएका उहाँका १५ वर्षीय एक छोरा उहाँसँगै काम गर्नुहुन्छ । ते¥ह वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिनुभयो । तर पनि पढाइ–लेखाइ नभएका कारण उहाँले भारतमा राम्रो जागिर पाउन सक्नुभएन । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उहाँले यो पेसा रोजेको बताउनुभयो । 

ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण गर्र्दै उहाँ सानो जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकामा सबैभन्दा ठूलो पछुतो गर्नुहुन्छ । चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने गर्नुभएका सुनारले हातखुट्टामा घाउचोटका दाग देखाउँदै भन्नुभयो, “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ ।” 

वर्षापछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुने उहाँको अनुभव छ । पछिल्लो समयमा मानिसको यसतर्फ आकर्षण बढ्दै जानुले पनि खोला किनारमा ढुङ्गाको अभाव बढ्दै गएको उहाँको भनाइ छ । आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उहाँ बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । अभावमा छट्पटिएर बाल्यकाल गुजार्नुभएका सुनारले सबैभन्दा ठूलो कुरा पढाइ–लेखाइ नै हो भन्ने ठानी हाल घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने भएको बताउनुभयो । 

कहिले घाम कहिले पानीमै रुझेर काम गर्नुपर्दा समय समयमा बिरामी भइरहने हुँदा उहाँलाई अबको बाँकी भविष्यको समेत चिन्ता लाग्ने गरेको छ । जोखिम मोलेर यस पेसामा कटिबद्ध हुनुभएका सुनारको सरकारले वास्तविक दुःखी र गरिबलाई पहिचान नगर्ने तर चलाख मान्छेलाई मात्र हेर्ने गरेको आरोप छ । 

ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड देख्न सकिन्छ । पुर्खौंदेखि घर छाउन प्रयोग गरिँदै आएको यस प्रकारको ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ दिनानुदिन बढ्दै गइरहेको छ । 

यस किसिमको पेसाको निम्ति अत्यधिक बल र बुद्धि आवश्यक हुने भएकाले बिरामी तथा वृद्ध अवस्थाका मानिसलाई यो काम गर्न कठिन हुने गर्दछ । त्यसैले त्यस्ता व्यक्तिलाई सरोकारवाला निकायले ध्यान दिएर अन्य कुनै उमेर सुहाउँदो सरल र सहज व्यवसायको व्यवस्था गरिदिन आवश्यक देखिन्छ । परिश्रमको लेखाजोखा गर्दा कुनै पनि काम सरल नहुने भए पनि युवा अवस्थाभन्दा बुढेसकालमा यस किसिमको पेसा अँगाल्नुपर्ने बाध्यता साँच्चै पीडादायी हुने उहाँहरुको अनुभव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल