२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ पुर्जी लिएर गएका अधिकारमाथी गोली चलाउँदा अमेरिकामा ४ अधिकारीकाे मृत्यु

२०८१, १९ बैशाख बुधबार ०७:४०

वैशाख १९, न्युयोर्क | नर्थ क्यारोलिनाको शार्लोटमा पक्राउ पुर्जी जारी गर्ने क्रममा चार कानून प्रवर्तन अधिकारीहरूलाई गोली हानी मारिएको छ ।

सो घटनामा परी अन्य चार जना घाइते भएका छन्।

एक संदिग्ध आक्रमणकारीसँग तीन घण्टासम्म चलेको गोली हानाहान पछि ब्यारिकेड गरिएको घरको अगाडिको आँगनमा मृत फेला परेको प्रहरीले जनाएको छ। अन्य दुई जना व्यक्तिलाई सोधपुछमा लगिएको अधिकारीहरूले जनाएका छन ।

यो हालैका वर्षहरूमा अमेरिकी कानून प्रवर्तनमा सबैभन्दा घातक हमलाहरू मध्ये एक मानिएको छ ।


अधिकारीहरू अमेरिकी मार्शल सेवाको नेतृत्वमा रहेको टास्क फोर्सको हिस्सा थिए। उनीहरूले सोमबार पेश गर्न खोजेको वारेन्ट अवैध रूपमा बन्दुक राखेको आरोपमा एक अपराधी विरुद्ध थियो। उनीहरूले त्यसो गर्न खोज्दा उपनगरीय सडकमा गोली चल्यो।

अफिसरहरूले अगाडिको आँगनमा एक हमलावरलाई जवाफ फर्काए  । त्यसपछि घर भित्रबाट उनीहरूले थप गोलीहरू प्रहार गरेका थिए । चार्लोट–मेक्लेनबर्गका प्रहरी प्रमुख जोनी जेनिंग्सले एक पत्रकार सम्मेलनमा भने। घरभित्र एउटा उच्च शक्तिको राइफल फेला परेको उनले बताए।

‘आज हामीले केही नायकहरू गुमायौं, जो केवल हाम्रो समुदायलाई सुरक्षित राख्न प्रयास गरिरहेका थिए,’ प्रहरी प्रमुखले पत्रकारहरूलाई भने।  उनले भने कि यो प्रहरी अधिकारीहरु मा उनको ४० वर्षे सेवामा सबै भन्दा खराब आक्रमण थियो।

प्रत्यक्षदर्शीका अनुसार सहरको पूर्वमा रहेको आवासीय क्षेत्रमा आक्रमण सुरु भएको दुई घण्टाभन्दा बढी समयपछि पनि गोली चलिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह