१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ पुर्जी लिएर गएका अधिकारमाथी गोली चलाउँदा अमेरिकामा ४ अधिकारीकाे मृत्यु

१९ बैशाख २०८१, बुधबार ०७:४०

वैशाख १९, न्युयोर्क | नर्थ क्यारोलिनाको शार्लोटमा पक्राउ पुर्जी जारी गर्ने क्रममा चार कानून प्रवर्तन अधिकारीहरूलाई गोली हानी मारिएको छ ।

सो घटनामा परी अन्य चार जना घाइते भएका छन्।

एक संदिग्ध आक्रमणकारीसँग तीन घण्टासम्म चलेको गोली हानाहान पछि ब्यारिकेड गरिएको घरको अगाडिको आँगनमा मृत फेला परेको प्रहरीले जनाएको छ। अन्य दुई जना व्यक्तिलाई सोधपुछमा लगिएको अधिकारीहरूले जनाएका छन ।

यो हालैका वर्षहरूमा अमेरिकी कानून प्रवर्तनमा सबैभन्दा घातक हमलाहरू मध्ये एक मानिएको छ ।


अधिकारीहरू अमेरिकी मार्शल सेवाको नेतृत्वमा रहेको टास्क फोर्सको हिस्सा थिए। उनीहरूले सोमबार पेश गर्न खोजेको वारेन्ट अवैध रूपमा बन्दुक राखेको आरोपमा एक अपराधी विरुद्ध थियो। उनीहरूले त्यसो गर्न खोज्दा उपनगरीय सडकमा गोली चल्यो।

अफिसरहरूले अगाडिको आँगनमा एक हमलावरलाई जवाफ फर्काए  । त्यसपछि घर भित्रबाट उनीहरूले थप गोलीहरू प्रहार गरेका थिए । चार्लोट–मेक्लेनबर्गका प्रहरी प्रमुख जोनी जेनिंग्सले एक पत्रकार सम्मेलनमा भने। घरभित्र एउटा उच्च शक्तिको राइफल फेला परेको उनले बताए।

‘आज हामीले केही नायकहरू गुमायौं, जो केवल हाम्रो समुदायलाई सुरक्षित राख्न प्रयास गरिरहेका थिए,’ प्रहरी प्रमुखले पत्रकारहरूलाई भने।  उनले भने कि यो प्रहरी अधिकारीहरु मा उनको ४० वर्षे सेवामा सबै भन्दा खराब आक्रमण थियो।

प्रत्यक्षदर्शीका अनुसार सहरको पूर्वमा रहेको आवासीय क्षेत्रमा आक्रमण सुरु भएको दुई घण्टाभन्दा बढी समयपछि पनि गोली चलिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट