२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारागारमा रहेकालाई छुटाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी

२०८१, १९ बैशाख बुधबार ०९:१९

वैशाख १९, बारा । कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका एक व्यक्तिसँगै १० लाख रुपैयाँ लिएका थिए । त्यस्तै, उनले जबरजस्ती करणी मुद्दाको पुर्पक्षमा रहेका अर्का व्यक्तिसँग पनि ७ लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई गत वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको न्यौपानेले जानकारी दिए । जिल्ला अदालत बाराबाट म्याद थप गरी पटेलमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह