क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

Posted on: 05 May, 2024

बैशाख २३, काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजलाई उच्च अदालत पाटनमा पेसी तोकिएको छ  । 

उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा वैशाख १६ गते मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । 

उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेमा सन्दीप जेल जानेछन् । जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!