२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२०८१, २७ बैशाख बिहीबार ०६:३९

बैशाख २७ , काठमाडौँ ।  रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो । 


यस खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलको ८८औ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो ।  रियल म्याड्रिडका लागि दुवै खेल जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि एक गोल अलफोसनो डाभिजले गरेका थिए । 

यस अघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २-२ गोलको बराबरीमा सकिएको थियो । 

योसँगै रियल म्याड्रिड १८औं पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।  रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । 

अब रियल म्याड्रिडले फाइनलमा जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।  फाइनल खेल जुन २ मा लण्डनस्थित विम्बली स्टेडियममा हुने छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह