बैशाख ३१, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
विमानस्थल विमानस्थल प्रहरी कार्यालयका अनुसार फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका प्रहरीले बताए। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्।
उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।