२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको पार्किङ ब्यवस्थापनको जिम्मा अशेष निर्माण सेवालाई

२०७३, ९ कार्तिक मंगलवार ०५:३१

कात्तिक ९, पोखरा । आगामी दुई बर्षको लागि पोखराको पार्किङ ब्यवस्थापन गर्ने जिम्मा अशेष निर्माण सेवाले पाएको छ । 

पोखरा उपमहानगरपालिकाले नगर क्षेत्रको पार्किङ ब्यवस्थापन सहित शुल्क उठाउने ठेक्का सिर्जनाचोकको अशेष निर्माण सेवालाई दिएको हो । २०७५ साल असोज मसान्तसम्मका लागि झण्डै तीन करोड रुपैयाँमा ठेक्का दिएको नगरपालिकाले जनाएको छ । 

कर बाहेक २ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका कर अधिकृत शिवहरी शर्माले जानकारी दिए । सम्झौता रकम यसअघिको ठेक्का भन्दा झण्डै तेब्बर बढी हो । यसअघि १ करोड १७ लाख रुपैयाँमा नाईस नेपाल कन्स्ट्रसनले ब्यवस्थापन गरेको थियो । सार्वजनिक सूचना पछि प्रतिश्पर्धाको आधारमा नयाँ कम्पनी छनौट भएको शर्माले बताए । यसका लागि ५ वटा कम्पनीले दरखास्त हालेका थिए ।

कर संकलनका हिसावले नगरपालिकालाई अहिलेको ठेक्का रकम निकै राम्रो हो, उनले भने–ठेकेदार कम्पनीले निकै चुस्त ब्यवस्थापनका साथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । पछिल्लो समय पोखरामा पार्किङ ब्यवस्थापन जटिल बन्दै गएको भन्दै त्यसका लागि नयाँ सोच अनुसार काम गर्नुपर्ने उनले सुझाए । ठेक्का पाएको संस्थाले नगर क्षेत्रका विभिन्न ४० ठाउँमा पार्किङ शुल्क उठाउन पाउने छ । 

सम्झौता अनुसार सभागृह चोकदेखि चिप्लेढुंगा, शिवालय चोक जाने बाटो, सभागृहचोक देखि सिर्जनाचोक, जाल्पा मार्ग, सिर्जनाचोकदेखि राष्ट्रबैंक चोक, सिर्जनाचोकदेखि जीरो, पृथ्वीचोकदेखि नागढुंगा, पृथ्वीचोकदेखि सभागृहचोक, महेन्द्रपुलदेखि पृथ्वीचोक, चिप्लेढुंगादेखि सिद्धार्थचोक, चिप्लेढुंगादेखि महेन्द्रपुल, हेमजा मिलनचोक, लामाचौर, बाटुलेचौर, महेन्द्रगुफा, डेभिड फल्स, अमरसिंहचोक, बिरौटाचोक, हल्लनचोक, बाराहीघाट, फिस्टेल गेट, बुद्धचोक, हरिचोक, रानीपौवा, बगर लगाएतका ठाउँमा नो पार्किङ बाहेक पार्किङ शुल्क लिन पाईनेछ ।

नयाँ सम्झौतासँगै मोटरसाईकलको पार्किङ शुल्क समेत घटेको छ । 

यसअघि ७ रुपैयाँ रहेको मोटरसाइकल तथा स्कुटरलाई अब ५ रुपैयाँ भन्दा बढी लिन पाईँदैन । अन्य सवारी साधनको चाहीँ यथावत छ । पोखरा नगर क्षेत्रमा पार्किङ गर्ने बस, ट्रक र मिनिबसले दैनिक २५ रुपैयाँ, ट्याक्सी, भ्यान, माइक्रोवसले दैनिक २० रुपैयाँ, पावर टिलर, ट्याक्टरले दैनिक  १० रुपैयाँ र निजी जिप, कारले दैनिक १५ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ । 

यसबाहेक भाडाका ट्याक्सीहरुले तीन महिनाको एकमुष्ठ शुल्क तिर्न चाहे ७ सय ५० रुपैयाँ मात्रै तिरे हुन्छ । कुटनीतिक नियोगका सवारीसाधन, दमकल, एम्वुलेन्स जस्ता सवारी साधनसँग ठेकेदार पक्षले कुनै शुल्क लिन नपाइने सम्झौतामा उल्लेख छ । अपांगता भएका व्यक्तिहरुले चढ्ने साधनका लागि पार्किङस्थल आरक्षित गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

पार्किङको जिम्मा पाएको कम्पनी अशेष निर्माण सेवाका प्रबन्क ऋषिराम गौतमले भने सम्झौताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । पोखराको सुन्दरतामा आँच आउन नदिने गरी पार्किङको ब्यवस्थापन हुन्छ, उनले भने–त्यसका लागि आवश्यक ठाउँमा पूर्वाधार तयार गर्नका लागि छलफल भैरहेको छ । 

तत्काल कर्मचारी ब्यवस्थापन र उनीहरुलाई तालिम दिईने गौतमले बताए । शुल्क उठाउने कर्मचारीलाई अनिबार्य रुपमा परिचयपत्र र ड्रेसको ब्यवस्था गर्नुपर्ने सम्झौता छ । सम्झौता अनुसार काम नभए सम्झौता रद्ध समेत गर्न सकिने नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल