२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०८१, ३१ बैशाख सोमबार १०:५१

बैशाख ३१, धनुषा। धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ ।

लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो ।     

                                                                           

सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

व्यथा सुरु भएपछि शनिवार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो । आइतबार करिब ११ बजे शल्यक्रिया मार्फत सुत्केरी गराइयो । बच्चा सकुशल छन् ।तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।

मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरू तोडफोडमा उत्रेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अवस्था सामान्य बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह