२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाबाट पूर्व प्रस्तावित पुनःसंरचनाको खाका सिफारिस

२०७३, ९ कार्तिक मंगलवार ०६:३६

कात्तिक ९, जुम्ला । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाले पूर्व प्रस्तावित पुरानै संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । 

सोमबार स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक हरिनारायण बेल्बासेको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उपस्थित व्यवस्थापिका– संसद् सदस्यद्वय गोमा कुँवर र डिल्लीप्रसाद काफ्लेसहित जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिको सहमतिमा पुरानै संरचनाको खाका पठाउने निर्णय गरिएको संयोजक बेल्बासेले जानकारी दिनुभयो । 

“जनसङ्ख्या भन्दा विशेष गरी यहाँको भूगोल, प्रशासनिक केन्द्र, सेवा प्रवाहमा सुगमता, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक सहमतिलाई मध्यनजरगरी एक नगरपालिका र सात गाउँपालिकाको पूर्व प्रस्तावित खाका सिफारिस गर्ने निर्णय गरिएको हो,” संयोजक बेल्लबासेले भन्नुभयो । 

समितिले प्रस्तावित खाकामा गाउँपालिका, नगरपालिकाको नामाकरण, सीमाङ्कन र प्रस्तावित केन्द्रको सिफारिस गरी पठाउने निर्णय गरेको बताएको छ । यता १,१७७ जनसङ्ख्या रहेको बुम्रमाडीचौर गाविसलाई विशेष क्षेत्रका रुपमा तोकिएको निर्णय पनि आयोगमा सिफारिस गरिएको छ । 

पछिल्लो समयमा सरकारले मुलुकमा ५६५ बाट ७४२ स्थानीय तहको संरचना तयार गर्नसक्ने निर्णय गरेसँगै जिल्लामा प्राप्त भएको परिपत्र बमोजिम प्रस्तावित अन्तिम खाका सिफारिस गरिएको प्राविधिक सहयोग समिति जुम्लाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण