१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल

१ जेष्ठ २०८१, मंगलवार ०७:१४

जेठ १, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा दिनदिनै घटनाक्रम परिवर्तन भइरहेको बताएका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले घटनाक्रममा फेरबदल भइरहेको बताए ।

“राजनीतिक घटनाक्रममा परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ,” उनले भने, “गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ ।” 


उनले पार्टीहरू विभाजन गर्न विभिन्न शक्तिले साम, दाम, दण्डभेदको प्रयोग गरिहेको समेत बताए । अध्यक्ष नेपालले अहिलेको गठबन्धनका दल संसद्को पूरै अवधि जाला भन्ने सोचेको बताए । तर, जनता समाजवादी पार्टी, नेपाल विभाजन गरिएको उनले बताए । 

“संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको । जनता समाजवादी पार्टी विभाजित भयो । विभाजित गरियो,” उनले भने, “सरकारबाट निकालियो । मुन्ट्याउने काम मात्रै भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।”

उनले आवश्यकता पर्दासम्म मात्रै उपेन्द्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट