१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंक लुट्न जाँदा मारिएका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलासा

१ जेष्ठ २०८१, मंगलवार ०८:२६

जेठ १, काठमाडौँ । वैशाख २७ गते हत्या गरिएका सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखाका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलेको छ। तर हत्या गर्दासम्म पनि अभियुक्तले आफन्त भनी नचिनेको र पछि मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले बताए। 

२७ गते बिहान साढे ३ बजेतिर नेपाल बैंकको फत्तेपुर शाखामा सुरक्षा गार्डका रुपमा कार्यरत सप्तकोसी नगरपालिका २ का ५५ वर्षीय पर्शुराम फुयाँलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।


हत्या आरोपमा प्रहरीले सोही नगरपालिकाका ५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई चितवनबाट पक्राउ गरेको थियो। अहिले उनलाई अदालतबाट पहिलो पटक ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मृतक फुयाँल हत्या आरोपित सुवेदीका ससुरा नाता पर्ने प्रहरीले जनाएको छ। तर सुवेदीले फुयाँल आफन्त भएको हत्यापछि मात्रै थाहा पाएको बताएका छन्। अनुसन्धान तथा खानतलासीका लागि प्रहरी सुवेदीको घरमा पुग्दा सुवेदीका बुबाले प्रहरीलाई सम्धीको हत्या भएकाले उनको घरमा पुगेर फर्किएको बताएका थिए। 

मृतक फुयाँलकी छोरीसँग पक्राउ परेका सुवेदीका काकाको छोराले बिहे गरेको सप्तकोसी–५ का वडाध्यक्ष गोसाइँ चौधरीले जानकारी दिए। मृतक फुयाँल अवकाशप्राप्त सैनिक हुन् भने हत्या आरोपित सुवेदी सशस्त्र प्रहरीका पूर्वजवान हुन्। सशस्त्र प्रहरीमा ९ वर्ष काम गरेर उनले १६ महिनापहिले राजीनामा दिएका थिए। 

मृतक फुयाँल भने नेपाली सेनाबाट अवकाश भइसकेपछि वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी आफ्नै ठाउँमा खुलेको नेपाल बैंकको सुरक्षा गार्डमा भर्ती भएका थिए।  तर बैंक लुटपाटका लागि मध्यराति पसेका लुटेराले उनको हत्या गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट