१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेको पक्षमा फैसला हुने सम्भावना कति ?

२ जेष्ठ २०८१, बुधबार ०७:४३

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनवाइ भईरहेको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो ।

आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।

अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ ।


न्यायाधीशद्वयले यो मुद्दामा मंगलवार नै वहस सक्नु पर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत वहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि वहस पूरा हुन सकेन ।

सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप-न्यायाधिवक्ता प्रकाश घिमिरेले वहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले वहस गरेका थिए । लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दावी उनीहरूको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए । उता, पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ ।

यसैबीच, पीडित भनिएकी किशोरी घटना भएको समयमा नावालिग नरहेको तथा उनीहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएकाले पनि आज हुने फैसला सन्दीपको पक्षमा आउनु पर्ने कानूनका विद्यार्थीहरूको भनाइ छ ।

एलएलबी अध्ययनरत एक छात्रा भन्छिन् – ‘अदालतमा प्रमाणको रूपमा पेश भएको सीसीटीभी फुटेजमा दुबै जनालाई हाँसीखुसी होटलको कोठामा प्रवेश गरेको तथा अर्को दिन बिहान हाँसीखुसी नै बाहिरिएको देखिएको छ । उक्त फुटेजले त्यहाँ जे भयो, त्यो सहमतिमै भएको बुझ्न गार्हो पर्दैन । त्यसैले पनि हामीले सत्यकै पक्षमा फैसला आउला भन्ने अपेक्षा गरेका छौं ।’

त्यसो त, अदालतमा यसअघि भएका सुनुवाईहरुमा  गौशाला-२६ पक्षधरहरुले उनलाई इजलासमा वयानको क्रममा पटक-पटक रुन लगाइएको विषय पनि चर्चामा छ । यद्यपि, यो कुराको आधिकारिकता पुष्टि भएको छैन ।

त्यसो त कुनै पनि मुद्दाका पक्ष-विपक्षले आफ्नोतर्फमा फैसला होस् भन्ने उद्देश्यले बलिया प्रमाणहरू पेश गर्छन् नै, तर सन्दीप र गौशाला २६ को मुद्दामा सत्यको जीत हुँदै फैसला होस्‌‌ भन्ने अधिकांशको कामना छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए