१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा फेला परेको शव सनाखत, दाँतबाट खुल्यो पहिचान

२ जेष्ठ २०८१, बुधबार ०८:०३

जेठ २, काठमाडौँ । एक साताअघि काभ्रेको पाँचखालको जंगलमा रुखमा तारले बाँधेर आगो लगाइ हत्या गरेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

गएको शुक्रबार पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा जंगलमा हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। 

अनुसन्धानका क्रममा सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए। मृतक दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ विष्णुप्रसाद सुवेदी हुन्। उनका आफन्तले आएर उनको सनाखत गरेका श्रेष्ठले बताए। 


गएको वैशाख २३ गते बिहान उनी ललितपुरको माहालक्ष्मी नगरपालिका ५ टिकाथललीस्थित घरबाट हिँडेपछि सम्पर्कविहीन दिए।  

आफन्तले धेरैतिर खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजतलासको लागि निवेदन दिएका थिए। 

मृतकका छोरा सुमन सुवेदीले शवको सनाखत गरेका हुन्। मृतक सुवेदीका माथिल्लो भागमा ३ वटा र तल्लो भागको दाँया पट्टि ४ वटा र बाँया पट्टि ५ वटा मात्रै दाँत थिए। सोही आधारमा सुमनले मृतक आफ्नो बुवा हुन् भनेर सनाखत गरेका प्रहरीले जनाएको छ।

मुख र छातीमा फलामको तारले रुखमा बाँधेर जलाएर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। सडिसकेको शव चिन्न सक्ने अवस्थामा नहुँदा सनाखतमा समस्या भएको थियो।

उनको हत्या कसले र किन गर्यो खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको बताएको छ। मृतकका छोरा सुमनले शव बुझेर लगेका डीएसपी श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए