२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुबई लैजाने भन्दै भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने दुईजना पक्राउ

२०८१, २ जेष्ठ बुधबार ०८:१९

जेठ २, काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका -९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २४ वर्षीय राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने २५ वर्षीय आयुष विक रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए। उनीहरूलाई बौद्ध पिपलबोटमा प्रहरीले नियन्त्रणमा लिएको हो।

बेरोजगार महिलाहरूलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिटिज भिसामा कुवेत लगी घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको उनीहरूमाथि आरोप छ। पीडितका आफन्तले उद्दारका लागि प्रहरीमा  निवेदन दिएपछि घटना बाहिर आएको हो।

नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर आफ्नो नाम ढाटी ठूलो संख्यामा महिला पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महिलाहरूलाई संयुक्त इमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्‍याइ घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ।

पीडितहरूले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएपछि पीडितले आफन्तलाई खबर गरेका थिए। राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाइ २ वटा नागरिकता लिएको भेटिएको प्रहरीले जनाएको छ।

यसैगरी उनीहरूले दुबईमा सम्पर्क कार्यालय खोलेर महिलाहरूलाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पुर्‍याउने र त्यहाँ एजेन्ट राखेर ठूलो रकम लिइ मानव ओसारपसार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह