२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने

२ जेष्ठ २०८१, बुधबार १०:३८

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा मैझारो गरिएको हो । 

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन् । सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो । उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ । 

करिब ३ः३० सम्म बहस नै भएकाले उच्च अदालतले बुधबार नै फैसलाको पूर्णपाठ भने नदिने उच्च अदालत स्रोतले जनाएको छ। न्यायाधीशद्धयले केही संक्षिप्त फैसला लेखेर हाललाई दिने र विस्तृत पूर्णपाठ पछि सार्वजनिक गर्ने छन् । महत्त्वपूर्ण र सार्वजनिक चर्चा भएका मुद्दाहरूमा अदालतले यही अभ्यास गर्दै आएको छ । हाल ठहर खण्डको केही अंश लेखेर सार्वजनिक गर्ने अनि विस्तृत व्याख्या बिस्तारै गर्ने अभ्यास हुँदै आएको छ ।

सर्वोच्च र उच्चले विगतमा पनि यस्तै अभ्यास गरेका छन् । सन्दीपको हकमा पनि यही गर्ने तयारी छ । लामिछानेको मुद्दामा विस्तृत व्याख्या गर्न जिल्लाको फैसलादेखि बहसका क्रममा पेस भएका सबै नजिरहरूको अध्ययन र व्याख्या गर्नुपर्ने भएकाले हाललाई केही आधार र कारण उल्लेख गरेर संक्षिप्त फैसला सुनाइने छ । उच्चले सफाइ दिने आधार र कारण, ठहर गरेका त्यसको कारण खुलाउने छ ।  यदि जिल्लाको सदर गरेमा सदर हुने आधार र कारण खुलाउने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…