१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

३ जेष्ठ २०८१, बिहीबार ०५:३७

जेठ ३, काठमाडौँ | भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् ।

सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिन ।'


४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । सुनिल क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

सुनिल क्षेत्री १५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनिल क्षेत्री हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए