१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद्‍को गतिरोध अन्त्य गर्न कांग्रेस लचक : गृहमन्त्री लामिछानेलाई रोष्टममा बोल्न दिने

३ जेष्ठ २०८१, बिहीबार ०७:४८

जेठ ३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। 

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने बुधबार संसदीय दलको बैठकमा केपी शर्मा ओलीले जानकारी गराएका थिए। बिहीबारको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने चेतावनी दिएपछि कांग्रेसले लामिछानेलाई बोल्न दिन लचिलो बनेको छ।

संसदको गतिरोध र संसदीय समिति गठनको विषयमा आज बिहानपनि सत्तारुढ दल र प्रतिपक्ष कांग्रेसको प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाउन आग्रह गरेपछि सभापति शेरबहादुर देउवा पनि लचिलो बनेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘कांग्रेसका सांसदहरुको बैठकमा चलिरहेको छ, म पनि जाँदै छु। प्रधानमन्त्री प्रचण्डजीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ।’ लेखकले भने,  ‘सभापति शेरबहादुर देउवा पनि यसमा सकारात्मक हुनुहुन्छ। अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ।’

लामिछाने बोलेपछि कांग्रेसले पनि बोल्न पाउनुपर्ने उनीहरुको माग छ। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए