२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागी पिडितलाई राहत वितरण

२०८१, ४ जेष्ठ शुक्रबार ०७:४७

जेठ ४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाकाका आगलागी पिडित जयदेब ठगुन्नासहित ५ जनाको परिवारलाई राहत वितरण गरिएको छ ।

सशस्त्र प्रहरीको  ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा रहेका विभिन्न राहतका सामान नं. ३५ शैलेश्वरी गण कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले वितरण गरेका हुन् ।

पिडितहरुलाई दैनिक प्रयोग हुने भाडावर्तन, कपडा आदि वितरण गरिएको छ । विभिन्न विपद्मा परी घरवार बिहिन भएका नागरिकहरुलाई तत्काल अस्थायी बसोवास र दैनिक उपभोग्य सामानसहितको २८ वटा डिजास्टर रिलिफ सिष्टम कन्टेनर सशस्त्र प्रहरी बलका १३ जिल्लाका १५ वटा युनिटहरुमा रहेका  छन् ।

यसअघि जाजरकोट र पश्चिम रुकुमको भुकम्पबाट प्रभावित भएका नागरिकलाई समेत ५ वटा डिजास्टर रिलिफ सिष्टम मार्फत सहयोग उपलब्ध गराईएको थियो ।  

गत वैशाख २१ गते ठगुन्नाको भान्सा कोठामा राखिएको ग्याँस सिलिण्डर लिक भई अचानक आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, नगद, जिन्सी सामान लगायत पशुचौपाया जली नष्ट भएको बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह