२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा गोली प्रहार प्रकरणका मुख्य अभियुक्त पक्राउ

२०८१, ४ जेष्ठ शुक्रबार १०:४०

जेठ ४, काठमाडौं ।  सुर्खेत गोली प्रहार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलीकाण्डका मुख्य अभियुक्त सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।

गिरीलाई बिहीबार भक्तपुर, सुर्यबिनायकबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जानकारी दिए ।

गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको हो । घटनामा संलग्न अझै एकजना फरार छन् ।

उक्त प्रकरणमा यसअघि ४ जना पक्राउ परिसकेका छन् । प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सोही ठाउँक भरत भुल, भारतीय नागरिक १९ वर्षीय रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक रोहित राजपूत सुटरका रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह