२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उडिरहेको विमानको इन्जिनबाट धुवाँ निस्किए…

२०८१, ६ जेष्ठ आईतवार ११:५१

जेठ ६, काठमाडौं । बेंगलुरुबाट कोची जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको एक विमानको इन्जिनमा आगलागी भएपछि शनिवार राति आपत्कालीन अवतरण गरिएको छ । विमानमा सवार यात्रुहरूले दाहिने इन्जिनबाट धुवाँ निस्किएको देखेपछि विमानको आपत्कालीन अवतरण गरिएको थियो । 

आइएएक्स ११३२ जहाज १७७ जना यात्रु र ६ जना चालक दलका सदस्यसहित राति ११ः१२ बजे केम्पेगौडा विमानस्थलमा अवतरण भएको थियो । त्यतिबेला विमानस्थल प्राधिकरणले आपत्कालीन स्थितिको घोषणा गरेको थियो । विमानस्थलका अधिकारीहरूका अनुसार विमान अवतरण गरेको केही मिनेटमै आगो निभाइएको थियो ।


‘कोही यात्रु घाइते भएनन्, सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्न चालक दलका सदस्यहरू सफल भए । यात्रुहरूलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र हामी वैकल्पिक व्यवस्थामार्फत सबै यात्रुहरूलाई जतिसक्दो चाँडो गन्तव्यमा पुर्‍याउने प्रयास गरिरहेका छौँ’ एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।

आइतबार बिहानको उडानमा १२२ यात्रुलाई कम्पनी कोची पठाइएको छ । बाँकी यात्रुहरूलाई अन्य उडानबाट पठाइने प्रवक्ताले बताए । बेंगलुरु कोची उडानमा समस्याको कारण पत्ता लगाउन नियामकसँगको सहकार्यमा अनुसन्धान गरिने एक विज्ञप्तिमा एयर इन्डियाले भनेको छ ।

हालैका महिनाहरूमा एयर इन्डियामा एकपछि अर्को समस्या आइरहेको छ । शनिवार तिरुवनन्तपुरमबाट बैंगलोर गइरहेको कम्पनीको अर्को उडानकाे जहाज प्राविधिक समस्या देखिएपछि तिरुचिरापल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गरिएको थियो । 

उक्त विमानमा १३७ यात्रु थिए । रिपोर्टहरूकाअनुसार, १७ मे मा पनि बेंगलुरु आउँदै गरेको एयर इन्डियाको १७५ यात्रु सवार एक विमानको अक्सलरी पावर युनिटबाट चेतावनी आएपछि दिल्ली फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह