१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

७ जेष्ठ २०८१, सोमबार ०९:०२

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन् ।

मतदान प्रक्रियामा १५८ सांसदले भाग लिएकोमा विश्वासको मतको पक्षमा १५७ मत पाएका थिए भने विपक्षमा शून्य र तटस्थमा एक मत परेको थियो ।


प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको संसद् बैठकमा सत्तारुढ दलका तीन जना सांसद अनुपस्थित भएका छन् । बैठकमा नेकपा एमालेका बसन्त नेम्वाङ, एकीकृत समाजवादीका प्रकाश ज्वाला र नागरिक उन्मुक्तिका गंगाराम थारु अनुपस्थित भएका हुन् । एमालेका सांसद नेम्वाङ २ महिनादेखि बिरामी छन् भने अरु दुई सांसदको बारेका संसद सचिवालयलाई जानकारी नरहेको बताइएको छ ।

आजको विश्वासको मतका लागि एकीकृत समाजवादी र नाउपाले ह्वीप लगाएका थिएनन् ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिचमा विश्वासको मत लिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर