१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुस्ताङमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

८ जेष्ठ २०८१, मंगलवार ०७:५६

जेठ ८, मुस्ताङ | मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ समरदेखि ध्याकर जाँदै गरेको ग १ त ४८०४ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

वारागुङ मुक्तिक्षेत्र-३ को किटेन ध्याकर खोलामा ढुंगा लोड गरी ध्याकरणतर्फ जाँदै गर्दा ट्याक्टर सडकमार्गदेखि ६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए। 


दुर्घटनामा ट्याक्टरका चालक म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका-४ बुडी घर भइ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ तेताङ बस्ने  २० वर्षीय सन्तोष बिक गम्भीर घाइते भएका थिए। उनको  उपचारका क्रममा जोमसोम अस्पतालमा मृत्यु भएको सूचना अधिकारी प्रहरी निरीक्षक  थापाले  उल्लेख गर।

दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड