२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारलाई झण्डै २४ खर्ब ऋण, यो वर्षमात्र १ खर्ब थपियो

२०८१, १० जेष्ठ बिहीबार ०८:१७

जेठ १०, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेको चालु वर्ष लिएको ऋण र भुक्तानी गरेको ऋण घटाएर आएको रकम हो ।


यो सँगै देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ । चैत महिनाको तुलनामा भने वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.२ प्रतिशत पुगेको छ ।

विज्ञहरूले नेपालको हालको ऋण आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । यद्यपि ऋणको सदुपयोगितामा भने उनीहरूले प्रश्न उठाउँदै आएका छन् ।

अहिले देशमा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक ऋण छ । यो अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको छ ।

आन्तरिक ऋण १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा जम्मा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म २ खर्ब ६४अर्ब ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसमा भुक्तानी गरिएको रकम घटाइएको छैन । लिएको रकम मात्र राखिएकोले २ खर्ब ६४ अर्ब भएको हो । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह