२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विवाहको एक साता पनि नबित्दै श्रीमानमाथि वैवाहिक बलात्कारको मुद्दा

२०८१, १० जेष्ठ बिहीबार ०९:४२

जेठ १०, काठमाडौँ | विवाहको एक साता पनि नबित्दै काठमाडौंमा एक महिला वैवाहिक बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी छिन् ।

श्रीमान्‌ले आफूलाई मन लागेको बेला शारीरिक सम्पर्क राख्ने गरेको, नमान्दा कुटपिट गर्ने गरेकोलगायत आरोपसहित ती महिला गत वैशाख १४ गते प्रहरीकहाँ पुगेकी हुन् । उनको वैशाख ७ गते बत्तिसपुतलीस्थित एक रेस्टुरेन्टमा विवाह भएको थियो ।

वैदेशिक रोजगारीका लागि जापानमा विगत १० वर्षदेखि बस्दै आएकी  कमला (परिवर्तित नाम) को यो दोस्रो विवाह हो । पारिवारिक चिनजान रहेका दीपक (परिवर्तित नाम) सँग प्रेम सम्बन्ध रहेपछि दुई महिनाअघि उनी विवाहका लागि नेपाल आएकी थिइन् । कमलाको पहिलो विवाह पनि प्रेम विवाह नै रहेको प्रहरी स्रोत बताउँछ ।


तर, जापानमै रहेका श्रीमान्‌सँग सम्बन्ध बिग्रिएपछि उनी दोस्रो विवाह गर्ने अवस्थामा पुगेकी थिइन् । दीपकको पनि यो दोस्रो विवाह थियो । १३ वर्षअघि विवाह गरेकी श्रीमतीसँग १० वर्षपछि सम्बन्ध विच्छेद भएपछि उनले कमलासँग नजिकिएर दोस्रो विवाह गरेका हुन् ।

नयाँ बानेश्वरमा बस्दै आएका दीपकले वैशाख १३ गते राति यौन सम्पर्क राख्न खोज्दा नमानेपछि विवाहमा दिएको सबै सुनका गरगहना खोसेको जाहेरवालाको दाबी छ । 

यता दीपकले त्यस दिन आफ्ना बुबासँग कमलाले ‘तपाईँको छोराको अन्य केटीहरूसँग सम्बन्ध रहेछ’ भनेको र त्यो कुरा आफूले थाहा पाएपछि दुईजनाबीच सामान्य विवाद भएको प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । आफूले सम्झाउन कोठामा लैजाँदा कमला लड्न पुगेको पनि उनको दाबी छ । कोठामा पुगेपछि स्थिति सामान्य भएको र बिहान कमलालाई उनको दिदीले बालकोटस्थित घर कुर्न बोलाएकाले आफूले पुर्‍याइदिएको पनि बयानमा बताएका छन् । 

यता जाहेरवालाकी दिदीले विवाहको दुई दिनमै श्रीमानले दाइजो र विवाह भोजको रकम मागेको भनेर आफूलाई कमलाले फोनमा भनेको बताएकी छिन् । दीपकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । उनलाई ५ वर्ष कैद सजाय गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह