२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सीता एयरले ठक्कर दिँदा घाइते भएका स्टेशन प्रमुख काठमाडौँ रिफर

२०८१, १० जेष्ठ बिहीबार १०:१४

जेठ १०, सुर्खेत | हिमाली जिल्ला मुगुको ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका मुगु स्टेशन प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको छ ।  घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको हो । 

जिल्ला प्रहरीका कार्यालय मुगुका अनुसार आज १२ बजेतिर ताल्चाबाट नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी, प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार उनी गम्भीर घाइते भएको र उनलाई नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको हो ।

उनका अनुसार भामले जहाजका चालकलाई जहाज उडान गर्न सङ्केत गरिरहेका थिए । जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ गइरहेका थिए । त्यही बेला जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएपछि उनी घाइते भएका हुन् । भामको टाउको धेरै चोट लागेको सूचना अधिकारी कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह