१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टाका लागि सबै उडान बन्द

११ जेष्ठ २०८१, शुक्रबार ०७:१४

जेठ ११, काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले भने, ‘खाल्डो पुर्ने गर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेका छौं ।’

झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।

‘खाल्डो परेको भाग धावनमार्गको लगभग बीचमा छ,’ झाले भने, ‘अन्तर्राष्ट्रिय उडान अवतरण त गर्नै मिल्दैन । आन्तरिक उडान चाहिँ गर्न सकिन्छ । तर, सुरक्षाका कारण सबै उडान अवतरण रोकेका हौं ।’

झाका अनुसार अहिले काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत होल्ड गरिरहेका छन् ।

त्यसैगरी आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए