१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाका प्रमुख सचेतक भन्छन् : गज्जब हुनेवाला छ, आइतबार मज्जाले हाउस अगाडि जान्छ

११ जेष्ठ २०८१, शुक्रबार १२:०३

जेठ ११,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति दलहरुका बीचमा छ ।


‘समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलबाट निष्कर्ष निस्केला जस्तो छ कि छैन ?’ भन्ने पत्रकारको प्रश्नमा परियारले भने, ‘गज्जब हुनेवाला छ, आइतबार मज्जाले हाउस अगाडि जान्छ ।’

शुक्रबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजे बस्दैछ । संसद सचिवालयका अनुसार शुक्रबारका लागि तय भएको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने कार्यसूची आइतबारका लागि सरेको छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

तर, अब आइतबार बस्ने संसद बैठक सौहार्द हुने विश्वास रास्वपाका प्रमुख सचेतक परियारले राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए