जेठ ११, काठमाडौँ । आफैले लगाएको जिन्स पैन्टमा १.२ किलो सुन जिन्समा लेपन गरि आएका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युएईको दुबईबाट काठमाडौँ आएका ३९ वर्षीय नविन हरिशलाल गोक्लानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । एक्सरे मेसिनमा जिन्स अस्वाभाविक देखिएपछि खानतलासी लिँदा उनको पैन्टमा सुन लेपन गरिएको फेला परेको थियो । उनको साथबाट प्रहरीले थप ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।