२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छानबिन समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु

२०८१, १२ जेष्ठ शनिबार ११:०१

जेठ १२, काठमाडौं | सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

कानुन मन्त्रालयमा ३ बजेका लागि बोलाइएको बैठक समिति संयोजक तथा कानुन मन्त्री पदम गिरी पर्वतबाट आउन ढिलो भएकाले ४ बजे पछि बसेको हो ।

छानबिन समिति कस्तो र कुन प्रकारको बनाउने भन्ने बारेमा टीओआर तयार गर्न समितिको निर्णायक बैठक हुने  गिरीको भनाइ छ ।

उनले भने, ‘कुनै पनि व्यक्तिको नाम किटान नगरी समग्र सहकारीको छानबिन हुने विषयमा कुरा मिल्छ । हामी त्यसको अभ्यासमा लागिरहेका छौँ ।’

सहकारी ठगी प्रकरणमा सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।

यहाँ कांग्रेस पनि व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने सहमति हुन सक्ने बताएको छ ।

कांग्रेस सचेतक रमेश लेखकले भने, ‘व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू भए भने सहमति जुट्ला । तर सबै कुरा छोडेर सहमति हुने कुरामा कांग्रेस तयार छैन ।’

व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा गलत नजिरको विकास हुने भएपछि कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताइएको छ ।

टीओआर बनाउने कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह