१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छानबिन समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु

१२ जेष्ठ २०८१, शनिबार ११:०१

जेठ १२, काठमाडौं | सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

कानुन मन्त्रालयमा ३ बजेका लागि बोलाइएको बैठक समिति संयोजक तथा कानुन मन्त्री पदम गिरी पर्वतबाट आउन ढिलो भएकाले ४ बजे पछि बसेको हो ।

छानबिन समिति कस्तो र कुन प्रकारको बनाउने भन्ने बारेमा टीओआर तयार गर्न समितिको निर्णायक बैठक हुने  गिरीको भनाइ छ ।

उनले भने, ‘कुनै पनि व्यक्तिको नाम किटान नगरी समग्र सहकारीको छानबिन हुने विषयमा कुरा मिल्छ । हामी त्यसको अभ्यासमा लागिरहेका छौँ ।’

सहकारी ठगी प्रकरणमा सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ ।

यहाँ कांग्रेस पनि व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू निर्माण गरेर जाने सहमति हुन सक्ने बताएको छ ।

कांग्रेस सचेतक रमेश लेखकले भने, ‘व्यक्तिको नाम उल्लेख नगर्ने तर गृहमन्त्री लामिछाने संलग्न संस्थाहरू माथि छानबिन गरेर जान सकिने आधारहरू भए भने सहमति जुट्ला । तर सबै कुरा छोडेर सहमति हुने कुरामा कांग्रेस तयार छैन ।’

व्यक्तिका नाममा संसदीय छानबिन समिति बनाउँदा गलत नजिरको विकास हुने भएपछि कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताइएको छ ।

टीओआर बनाउने कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए