२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै

९ कार्तिक २०७३, मंगलवार १४:१३

कात्तिक ९, अछाम | अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन । 

संविधानमा महीलामैत्री कानुनको व्यवस्था, प्रहरीमा महीला तथा बालबालीका सेवा केन्द्रको स्थापना र जनचेतना मुलक कुराहरुको प्रचारप्रसारमा जोड दीनु लगायतका कारणले हींसा पीडीत महीलाहरुले सजिलै सम्बन्धित नीकायमा घटना दर्ता गराउन सक्ने अवस्था सहज बन्दै गएको जिल्लाका महीला अधीकारकर्मीहरुले बताएका हुन । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामको आयोजनामा आज मंगलसेनमा आयोजीत महिलाहरुको न्यायीक क्षेत्रमा पहुँच विषयक सण्डेक्लबमा बोल्ने सहभागीले हींसा पीडीत महीलाहरुको न्यायीक निकायसम्म पहुँच बढ्दै गएको बताएका हुन । साथै उनीहरुले घटना दर्ता गर्ने क्रममा विभिन्न राजनीतीक दल र व्यक्तिका तर्फबाट हुने दबाबले अझै कतीपय महिला न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था भने रहेको बताएका छन । 

डब्लुडब्लुजे अछामका अध्यक्ष पुजा शाहीको अध्यक्षता तथा अछामका प्रहरी प्रमुख डीएसपी नीरञ्जन दत्त भट्टको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतीथी भट्टले महिलासँग जोडीएका घटनाहरुमा प्रहरीले सधै कानुनी दायराभित्र रहेर काम गरीरहेको बताउनुभयो । कानुनमा उल्लेख भए अनुसार नै दोषीले सजाय पाउने भएकाले प्रहरी पनि निश्पक्ष र स्वतन्त्र भएर काम गर्न प्रतीबद्ध रहेको उहाँको भनाई छ । कार्यक्रममा विशिष्ट अतीथी महीला तथा बालबालीका सेवा केन्द्र अछामका अध्यक्ष सरस्वती रावल, महीला तथा बालबालीका कार्यालयका नीमित्त प्रमुख शान्ती पन्त, अनुसन्धान अधीकृत बद्री प्रसाद ढकाल, महिला मानव अधीकार रक्षक सञ्जाल अछामका अध्यक्ष मना अधीकारी, नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी, महिला अधीकारकर्मी विन्दु रावल, नेकपा एमाले अछामका सचिवालय सदस्य चन्द्र बोहरा लगायतले आ–आफ्नो क्षेत्रमा रहेर महिलाहरुको न्यायीक नीकायसम्म पहुँच बढाउन गरीरहेको पहलबारे जानकारी गराउनु भएको थीयो । 

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय साँफेबगरका ईन्चार्ज असीम चन्द्र शाहको पनि उपस्थिती रहेको थीयो । कार्यक्रमको संचालन डब्लुडब्लुजे अछामका सचिव विधुत्मा रैकाले गर्नु भएको हो । संगठनले केन्द्रीय कार्यक्रम अन्र्तगत अछाम जिल्लामा पनि महिलाका विविध सवालहरुमाथी सम्बन्धित नीकायसँग छलफल कार्यक्रम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला