१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महानगरविरुद्ध कालो ब्यानरहसित सडकमा उत्रिए न्युरोडका स्थानीय

१४ जेष्ठ २०८१, सोमबार ०७:४८

जेठ १४, काठमाडौँ । न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन्। उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ ‘न्यूरोड साँघुरो गर्न मिल्दैन्, नयाँ सडक बचाउँ’ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन्।


आन्दोलनमा सहभागी स्थानीयले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन)को यो कदम ठिक नभएको बताए। उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरूको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए।


उनले भने, ‘सडक साँघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौँ। मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो। यो काठमाडौंको मात्र होइन। नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो। नेपालको इतिहास मेटाएर, गाडि नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ। साथ दिनुपर्ने कुरामा साथ दिन्छौँ। तर स्थानीयहरूको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ।’


महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ। यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो । महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए