जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाकी सांसद कंसाकारलाई तत्काल एक करोड १४ लाख क्षतिपूर्ति दिन माग

१४ जेष्ठ २०८१, सोमबार १२:४८

जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । एसिड आक्रमण पीडित हाल रास्वपाकी सांसद विन्दवासिनी कंसाकारका सम्बन्धमा उनलाई एक करोड १४ लाख क्षतिपूर्ति दिनुपर्ने अदालतले गरेको फैसला कानुन मन्त्रालयले रोकेर कार्यान्वयन नगरेको उनले बताए ।


उनले भने, ‘एसिड आक्रमण पीडित विन्दवासिनी कंसाकारको उपचार खर्चदेखिको क्षतिपूर्ति एक करोड १४ लाख कानुनमा उल्लेख भइसकेको फैसला कार्यान्वयन भएन भने अदालत र राज्यमा विश्वास घट्छ । पीडितले राहतको अनुभूति गर्दैन । त्यसैले यो समितिले सम्बन्धित मन्त्रालयलाई स्पष्ट निर्देशन लिन सक्ने परिस्थिति हुन्छ, किनकि समिति सार्वभौम छ । मैले यो फैसला कार्यन्वयन गर्ने विषयमा तत्कालीन कानुनमन्त्री र सचिवसँग कुरा गरेको थिएँ । मन्त्रिपरिषद्मा उठाउँछु कुरा भन्नुभएको थियो । तर, अगाडि बढेन । कानुन मन्त्रालयको कारणले गर्दा यसको कार्यान्वयन नभएको हो ।’

फैसला कार्यान्वयन नहुने समस्या देशको समस्या रहेको उनले बताए । अदालतले गरेको फैसला कार्यान्वयन नहुनु एकजना पात्रको समस्याको कुरा मात्र नभई समग्र प्रणालीमाथि माथिको प्रश्न रहेको उनको भनाइ छ । 

उनले भने, ‘फैसला कार्यान्वयन नहुने समस्या भनेको देशको समस्या हो । उहाँहरुले मन्त्रिपरिषद्मा नै पेस नगर्नुको कारण के हो ? यो कानुन मन्त्रालयविना यो अगाडि बढ्न सक्ने परिस्थिति छैन । कानुन मन्त्रालयले किन गरेको छैन यो काम ? यो एकजना पात्रको कुरा मात्र होइन । समग्र प्रणालीमाथि माथिको प्रश्न हो ।’

छलफलमा अदालती फैसला कार्यान्वयन नभए राज्य संयन्त्रमा जनविश्वास घट्ने विषयमा बहस भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन