१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी

१५ जेष्ठ २०८१, मंगलवार ०८:०३

जेठ १५,  काठमाडौँ । नागरिकता कसुरमा सात दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । 

हिरासतमा रहँदा स्वास्थ्य बिग्रिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरिएको जनकपुरधामस्थित काब्या अस्पतालका एक चिकित्सकले बताए । 

प्रहरी हिरासतमै रहँदा उच्चरक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उनी अहिले जनकपुरधामस्थित काब्या अस्पतालमा रहेका छन् ।

चिकित्सकले पनि काठमाडौं लैजान भनेपछि अहिले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको छ ।

प्रहरीले सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडौं पठाउने निर्णय हुने छ । त्यसपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ ।

सोमबार तेस्रो पटक म्याद थपका क्रममा पनि धनुषा जिल्ला अदालतले आवश्यक परेमा उपचारका लागि डाक्टरकहाँ लैजान आदेश दिएको थियो । अदालतले सिरोहियालाई उपचारका लागि अन्यत्र लैजान मिल्नेगरी आदेश दिएसँगै मंगलबार नै काठमाडौं लैजाने तयारी भएको हो ।

अदालतले मंगलबारको आदेशमा स्वास्थ्य उपचार गर्न पाउने कुरा रोक्न नहुने जनाउँदै सुविधायुक्त ठाउँमा लैजाने गरी बाटो खोलिदिएको थियो ।

त्यहीअनुसार काब्या अस्पतालका चिकित्सकले पनि सिरोहियालाई उपचारका लागि काठमाडौं लैजान सिफारिस गरेका हुन्  ।

सोमबार म्याद थपका लागि प्रहरीले उनलाई काब्या अस्पतालबाट एम्बुलेन्सबाटै जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो । 

अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ । यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार उनलाई कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा लगिएको थियो । त्यसपछि उनी धनुषा प्रहरीको हिरासत हुँदै काब्या अस्पतालमा भर्ना भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन