१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

१५ जेष्ठ २०८१, मंगलवार १०:३६

जेठ १५, काठमाडौं ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ ।

मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ ।  


३००० भन्दा बढी आवेदन अनलाइन मार्फत दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि गुगल फारम मार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् जसमा धेरै नक्कली आवेदन पनि परेका छन् । 

केही व्यक्तिहरूले मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीजस्ता चर्चित व्यक्तित्वहरूको नाम दिएर नक्कली आवेदन दिएका छन्। यस्तो केस प्रकाशमा आएपछि, बीसीसीआईको काम बढेको छ किनकि उनीहरूले अब ती आवेदनहरू पहिचान गर्नुपर्नेछ जुन वास्तविक छन् । 

यस रिपोर्टका अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘गत वर्ष पनि बीसीसीआईले यस्तै कुराको सामना गर्नुपरेको थियो र यसपटक पनि त्यस्तै घटना भएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन् । गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर) को मेन्टर थिए । तर, उनले पनि यस विषयमा मौन बसेका छन् । बोर्ड स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, समय सीमा ठीक छ तर बोर्डले निर्णय लिन अघि केही समय लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन