२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरबेटीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चुँडालको बयान- दिदी मानेर भाइटीका लगाएको छु

२०८१, १६ जेष्ठ बुधबार ०७:३४

जेठ १६, काठमाडौं । घरबेटीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कथित सामाजिक अभियन्ता रविरत्न चुँडालले इन्कारी बयान दिएका छन्।

उनले पीडित भनिएकी महिलालाई आफूले दिदी मानेर भाइटिकासमेत लगाएको बयान दिएका छन्। आफूले दिएको रकम फिर्ता नगर्ने बहानामा बलात्कारको आरोप लगाइएको उनको दाबी छ।


जाहेरवालाले भने चुँडालले आफूलाई विगत २ वर्षदेखि बलात्कार गर्दै आएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

यस्तो छ चुँडालले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान

करिब २०७० सालदेखि म निज जाहेरवालीको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-४ सुकेधारा स्थित रहेको घरको सटर भाडामा लिई कपडा पसल सञ्चालन गरी बसेको थिएँ र हालसम्म पनि निजकै घरमा पसल सञ्चालन गरी बसेको छु ।

निज जाहेरवालीको घर सुकेधाराको मेन सेन्टर चोकमा प्रहरी विट अगाडि भएकोले सुरुमा पसल थाप्दा राम्रो व्यापार भएकोले मैले निज जाहेरवालीले मागे बमोजिमको रकम दिँदै आई हामीबीच दिदी भाइको नाता सम्बन्ध भई तिहारमा टिका समेत लगाएको हुँ।

हालसम्म पनि निज जाहेरवालीलाई दिदी मान्दै आएको छु । हाम्रो सम्बन्ध दिदी भाइको रूपमा राम्रै चल्दै आएको थियो। निजलाई परेको बेलामा मैले सहयोग गर्ने तथा मलाई परेको बेलामा निजले सहयोग गर्दै आएकी थिइन् । निजको श्रीमान् नभएको, २ भाइ छोराहरूलाई साथमा लिई बस्दै आएकीमा, निजले निज छोराहरूलाई वैदेशिक रोजगारीको लागि युरोप देशहरूमा पठाउने भन्दा मैले निजलाई मैले के गर्नु पर्छ भन्नु म गरी दिन्छु भन्दा निजले छोराहरूलाई वैदेशिक रोजगारीको लागि विदेश पठाउनको लागि व्यवसायको आम्दानीको श्रोत देखाउनु पर्छ भन्दा मैले हुन्छ भनी मैले आफ्नो पसल निजको नाममा दर्ता समेत गराई दिएको हुँ।

सो बेलामा पनि मैले निज जाहेरवालीको छोराहरू पठाउन नगद समेत सहयोग गर्दा जाहेरवालीले नै भोलि के होला छोराहरूले तपाईँको पैसा देला नदेला भनी सोही बखतमा मलाई एउटा ४ लाख र एउटा चालिस लाखको चेक समेत काटी दिएकी हुन। सो पश्चात् निज जाहेरवालीको छोराहरू वैदेशिक रोजगारको लागि युरोप देशमा गई सकेपछि, पहिला मिति २०७६ सालको लक डाउनमा मेरो पसल बन्द रहेको, निज सोही बेलादेखि पसल खाली गर्नु, कहिले बहाल तिर्नु भन्ने लगायतका विभिन्न धाक धम्की, गाली गलौच गर्दै आएकीमा मैले निज जाहेरवालीलाई के को पैसा मागी राख्नु भएको छ ?

मैले तपाईँलाई दिएको रकमहरू फिर्ता गर्नु सो पश्चात् म पसल खाली गरी दिन्छु भन्दा निजले सटर खाली गरी बहाल समेत उपलब्ध गराई पाउँ भनी मुद्दा गरेकीमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७१/१२/१५ गते मेरो नाममा म्याद जारी गरेकोमा उक्त म्याद बुझी हालसम्म पनि सो मुद्दा विचाराधीनमा छ ।

सो पश्चात् मैले मिति २०८०/०४/१८ गते निज पीडितले मबाट लिएको रकम बापत चेक दिएकीले सो बारे उजुर गर्दा सो बारेमा हाल उक्त मुद्दा काठमाडौं जिल्ला अदालतबाट फैसला भई हाल उच्च अदालतमा मुद्दा विचराधीन अवस्थामा छ ।

त्यसै बेलामा निज जाहेरवालीले पुनः मलाई मिति २०७९/४/३० गते पसल बहाल उठाई पाउँ भनी काठमाडौँ महानगरपालिकाको कार्यालय काठमाडौंमा दिएकीले सो ठाउँमा पुगी उक्त निवेदन छलफल गरी मिलाएको हुँ । निजले सो भन्दा पहिला म उपर सम्मानित काठमाडौं जिल्ला अदालत काठमाडौंमा लिखत बेइज्जती मुद्दा समेत हालेकीले सो मुद्दा समेतमा तारेख लिई बसेको मुद्दाहरूमा नेपाल सरकारलाई तिरेका कर रकमहरूको कागजातहरू यसै जवान साथ पेश गरेको छु ।

निजले उक्त मुद्दा लगायतका विभिन्न चौकीहरूमा अनाहकमा झुटा विवरणको निवेदक गरी पटक पटक मानसिक यातना दिँदै आएकी थिइन् । म एउटा निम्न स्तरको व्यवसाय गरी खाने मानिसलाई निज जाहेरवाली पीडितले विभिन्न प्रहरी कार्यालय तथा न्यायिक निकायहरूमा दिएको झुटा उजुरीको छलफल गर्दा गर्दै मेरो घर परिवार समेतमा असर पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह