१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउवाले माधव, उपेन्द्र र महन्थलाई बोलाए बुढानीलकण्ठ

१६ जेष्ठ २०८१, बुधबार ११:००

जेठ १६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएको  बताए । उनले भने, ‘आज पाँच बजे माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरलाई छलफलका लागि बोलाइएको छ ।’

जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पाँच बजे छलफलका लागि देउवा निवास बुढानीलकण्ठ जाने तयारीमा रहेको बताए । मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन