१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

१६ जेष्ठ २०८१, बुधबार ११:१६

जेठ १६, काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका-१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागूऔषध इएसकेयूएफ ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिया र २० वर्षीय सोहेल अमत रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प ७८२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-१ सम्झना टोलबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

त्यसैगरी सल्यानको सारदा नगरपालिका-१२ चिसापानी बस्ने २७ वर्षीया पूर्ण कला भण्डारीलाई उनकै घरबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ६० ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले सारदा नगरपालिका-१ श्रीनगर डेरा गरी बस्ने बागचौर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र छत्रेश्वरी गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण केसीलाई जाँच गर्दा ८ मिलिग्राम गाँजा फेला पारी थप अनुसन्धान गर्दा पूर्णकलाको घरबाट किनेर ल्याएको खुल्न आए पश्चात पूर्णकलाको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

त्यस्तै डडेलधुराको अजयमेरू गाउँपालिका-२ चमडा बस्ने ५५ वर्षीय डम्बर सिंह बोहरालाई उनकै घरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चमडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बालक पासवान र सोही गाउँपालिका-५ साहेवगंज बस्ने ३५ वर्षीय गोपाल बहरदार रहेका छन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को.२७ प ८०४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । 

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१४ जतुवाबाट अवैध लागूऔषध गाँजा १ सय ८१ किलोग्रामसहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले प्रदेश नं.१-०२-००१ ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनि ट्रकलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी ट्रक चालक शेर्पालाई पक्राउ गरेको हो । 

त्यस्तै झापाको कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१० बस्ने ३१ वर्षीय सबिन तामाङ र कन्काई नगरपालिका-४ बस्ने २८ वर्षीय शराब आलम रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय छोटे भन्ने छबिलाल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी  विट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन