१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रममन्त्री र नेपालका लागि जापानी राजदूतबिच भेटवार्ता

१६ जेष्ठ २०८१, बुधबार ११:४१

जेठ १६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापनिज राजदूत किकुता यूताकाबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो ।  

छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए । यसै सन्दर्भमा जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए ।


त्यसैले विगतमा नेपाल र जापानबिच कामदारहरू लैजाने सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले बताए । त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोग समेत गरी जापानी दूतावासको समेत समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली कामदारहरू जापान पठाउने चाहेको उनले बताए ।

साथै मन्त्री अर्यालले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सृजना गरी नेपालमा नै अवसरहरू उपलब्ध गराएर नेपाली युवालाई नेपालमा नै बसेर काम गर्न सक्ने अवस्था बनाउने नेपाल सरकारको प्राथमिकता रहेको बताए । यसका लागि रोजगारदाता र रोजगारीको खोजी गरी रहेका नेपालीबिच मध्यस्थताको काम गर्ने गरी सातै प्रदेशमा रोजगार मेला आयोजना गर्न लागिएको पनि जानकारी दिए ।

स्वदेशमा नै रोजगारीका अवसरहरू उपलब्ध गराउने र त्यस्ता अवसरहरू पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकूल मौसम, एवम् काम गर्ने सुरक्षित वातावरण भएका जापान जस्ता मुलुकमा नेपालीहरू रोजगारीको लागि जाउन् भन्ने सरकारको मनसाय रहेको समेत उनले बताए ।

जापानी राजदूत यूताकाले नेपाल जापान श्रम सम्बन्धका विविध विषयमा यसरी खुल्ला छलफल गर्न पाएकोमा मन्त्री अर्याललाई धन्यवाद दिए । साथै यस विषयमा थप सहजीकरण गर्न जापानी दूतावास तयार रहेको बताए ।

दीर्घकालमा नेपाली युवाहरूलाई नेपालमा नै रोजगारीका अवसरहरू उपलब्ध हुन सकेमा नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउँदै वैदेशिक रोजगारका अवसरहरू अल्पकालका लागि मात्रै उपयुक्त विकल्प भएको बताए । 

साथै जापान सरकारले जापानबाट फर्किएका नेपालीहरूले नेपाल भित्र नै रोजगारी एवम् उद्यमशीलता प्रवर्द्धन गर्न विशेष कार्यक्रम पनि सञ्चालन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन