१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यी देशमा यसरी प्रत्यक्ष हेर्न पाइनेछ आईसीसी टी२० विश्वकप, नेपालीले कसरी हेर्ने?

१६ जेष्ठ २०८१, बुधबार १२:०३

जेठ १६, काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा हुने नवौँ संस्करणको टी–२० विश्वकप आउन ३ दिन मात्र बाँकी छ। 

सहभागी देशसहित क्रिकेट पारखीहरु विश्वकपको प्रतीक्षामा छन्। यसैबीच, प्रतियोगितामा हुने खेल प्रत्यक्ष देखाउने प्रत्यक्ष प्रसारक (ब्रोडकास्टर्स)को टुंगो लागेको छ। 

आईसीसीले यसको व्यवस्थापन टुंग्याएको बताएको छ। 

विश्वकपमा हुने ५५ खेल भारत, पाकिस्तान, अमेरिका, क्यानडा, वेस्ट इन्डिज, इंग्ल्यान्ड, अस्ट्रेलिया र न्यु जिल्यान्डमा विभिन्न माध्यमबाट हेर्न पाइनेछ भने आईसीसी टिभीबाट अन्य देशहरुमा हेर्न पाइने भएको छ। 

भारतमा स्टार स्पोर्ट्सले हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा प्रत्यक्ष हेर्न पाइनेछ। पाकिस्तानमा पीटीभी र टेन स्पोर्ट्सबाट, अमेरिका र क्यानडामा विलोटिभीबाट खेल हेर्न पाइनेछ। 

यता वेस्ट इन्डिजमा ईएसपीएन क्यारिबियन र ईएसपीएन प्ले क्यारिबियन एपबाट समेत प्रत्यक्ष हेर्न पाइनेछ। 

उता इंग्ल्यान्डमा स्काई स्पोर्ट्स, स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपबाट प्रत्यक्ष हेर्न पाइनेछ। 

अस्ट्रेलियामा अमेजन, प्राइम भिडिओबाट तथा न्यु जिल्यान्डमा स्काई स्पोर्ट एनजेटबाट प्रत्यक्ष हेर्न पाइनेछ। 

दक्षिण अफ्रिका, युगान्डा र नामिबियामा सुपरस्पोर्ट र यसको एपबाट हेर्न पाइनेछ। यूएई र यस क्षेत्रमा स्टार्जप्ले, क्रिकलाइभम्याक्स र क्रिकलाइभम्याक्स२ बाट हेर्न पाइने आईसीसीले जनाएको छ। 

श्रीलंकामा टीभी१, सिरासा र शक्ति टिभीले विश्वकप देखाउनेछन्। डिजिटल रुपमा पनि हेर्न पाइने सुविधा छ। 

नेपालीले कसरी हेर्ने? 

आईसीसीले ब्रोडकास्टर तोके पनि आईसीसी टिभीबाट विश्वकपको प्रत्यक्ष प्रसारण गर्नेछ। निःशुल्क हेर्न पाइने यो माध्यम नेपालीको लागि सहज हुनेछ। यसबाहेक भारतीय च्यानलबाट पनि नेपालीले विश्वकप हेर्न पाउनेछन्। आईसीसी टिभीबाट नेपालसहित ८८ विभिन्न देशमा विश्वकपका खेलहरु हेर्न पाइनेछ। 

यसपटकको विश्वकपमा २० अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्। अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोप क्षेत्रका टोली विश्वकपमा सहभागी छन्। जुन १ देखि सुरु हुने विश्वकपमा प्रतिग्रुप ५ टोली समावेश ४ ग्रुप छन्। 

ग्रुप ए : भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका

ग्रुप बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमन

ग्रुप सी : न्यु जिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी 

ग्रुप डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन