२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यी देशमा यसरी प्रत्यक्ष हेर्न पाइनेछ आईसीसी टी२० विश्वकप, नेपालीले कसरी हेर्ने?

२०८१, १६ जेष्ठ बुधबार १२:०३

जेठ १६, काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा हुने नवौँ संस्करणको टी–२० विश्वकप आउन ३ दिन मात्र बाँकी छ। 

सहभागी देशसहित क्रिकेट पारखीहरु विश्वकपको प्रतीक्षामा छन्। यसैबीच, प्रतियोगितामा हुने खेल प्रत्यक्ष देखाउने प्रत्यक्ष प्रसारक (ब्रोडकास्टर्स)को टुंगो लागेको छ। 

आईसीसीले यसको व्यवस्थापन टुंग्याएको बताएको छ। 

विश्वकपमा हुने ५५ खेल भारत, पाकिस्तान, अमेरिका, क्यानडा, वेस्ट इन्डिज, इंग्ल्यान्ड, अस्ट्रेलिया र न्यु जिल्यान्डमा विभिन्न माध्यमबाट हेर्न पाइनेछ भने आईसीसी टिभीबाट अन्य देशहरुमा हेर्न पाइने भएको छ। 

भारतमा स्टार स्पोर्ट्सले हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा प्रत्यक्ष हेर्न पाइनेछ। पाकिस्तानमा पीटीभी र टेन स्पोर्ट्सबाट, अमेरिका र क्यानडामा विलोटिभीबाट खेल हेर्न पाइनेछ। 

यता वेस्ट इन्डिजमा ईएसपीएन क्यारिबियन र ईएसपीएन प्ले क्यारिबियन एपबाट समेत प्रत्यक्ष हेर्न पाइनेछ। 

उता इंग्ल्यान्डमा स्काई स्पोर्ट्स, स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्सन र स्काईगो, नाउ र स्काई स्पोर्ट्स एपबाट प्रत्यक्ष हेर्न पाइनेछ। 

अस्ट्रेलियामा अमेजन, प्राइम भिडिओबाट तथा न्यु जिल्यान्डमा स्काई स्पोर्ट एनजेटबाट प्रत्यक्ष हेर्न पाइनेछ। 

दक्षिण अफ्रिका, युगान्डा र नामिबियामा सुपरस्पोर्ट र यसको एपबाट हेर्न पाइनेछ। यूएई र यस क्षेत्रमा स्टार्जप्ले, क्रिकलाइभम्याक्स र क्रिकलाइभम्याक्स२ बाट हेर्न पाइने आईसीसीले जनाएको छ। 

श्रीलंकामा टीभी१, सिरासा र शक्ति टिभीले विश्वकप देखाउनेछन्। डिजिटल रुपमा पनि हेर्न पाइने सुविधा छ। 

नेपालीले कसरी हेर्ने? 

आईसीसीले ब्रोडकास्टर तोके पनि आईसीसी टिभीबाट विश्वकपको प्रत्यक्ष प्रसारण गर्नेछ। निःशुल्क हेर्न पाइने यो माध्यम नेपालीको लागि सहज हुनेछ। यसबाहेक भारतीय च्यानलबाट पनि नेपालीले विश्वकप हेर्न पाउनेछन्। आईसीसी टिभीबाट नेपालसहित ८८ विभिन्न देशमा विश्वकपका खेलहरु हेर्न पाइनेछ। 

यसपटकको विश्वकपमा २० अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन्। अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोप क्षेत्रका टोली विश्वकपमा सहभागी छन्। जुन १ देखि सुरु हुने विश्वकपमा प्रतिग्रुप ५ टोली समावेश ४ ग्रुप छन्। 

ग्रुप ए : भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका

ग्रुप बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमन

ग्रुप सी : न्यु जिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी 

ग्रुप डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह