१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानको इन्जिनमा फसेर एक व्यक्तिको मृत्यु

१७ जेष्ठ २०८१, बिहीबार ०६:३७

एजेन्सी | नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित शिफोल विमानस्थलमा ठुलो दुर्घटना भएको छ । विमानस्थलबाट प्रस्थानको तयारीमा रहेको विमानको इन्जिनमा एक व्यक्ति फसेका थिए । इन्जिनमा फसेका ती व्यक्तिको मृत्यु भएको छ ।

केएलएमको यात्रुवाहक विमान केएल १३४१ विमान डेनमार्कको बिलन्डतर्फ जान लागेको बेला यो दुर्घटना भएको हो । यस घटनाबारे केएलएमले छानबिन गरिरहेको बताइएको छ । नेदरल्यान्डको सैन्य प्रहरीले पनि यस मामिलामा छानबिन सुरु गरेको छ । सो विमानबाट सबै यात्री र क्रुलाई बाहिर निकालिएको बताइएको छ ।


ती व्यक्ति चलिरहेको विमानको इन्जिनमा कसरी पुगे" भन्ने विवरण अझै स्पष्ट भइसकेको छैन, र मृतकको अहिलेसम्म पनि पहिचान खुलाइएको छैन । स्थानीय मिडियाका अनुसार मृतक विमानस्थलका कर्मचारी हुन सक्छन् ।

विमान छोटो दूरीको एम्ब्रेयर जेट थियो । केएलएमले  लन्डन र नजिकैका अन्य गन्तव्यहरूमा यो विमान उडान गर्दै आएको छ । शिफोल यूरोपको सबैभन्दा व्यस्त विमानस्थल हो । विमानस्थलमा कडा सुरक्षा व्यवस्था छ । यहाँ दुर्घटना नगण्य हुन्छ ।  गएको वर्ष पनि डेल्टाको यात्रुवाहक विमानको इञ्जिनमा परेर विमानस्थलका एक जना २७ वर्षीय कर्मचारीको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन